पोखरीमा डुबेर सिरहामा बालिकाको मृत्यु



असार, सिरहा । लहान नगरपालिका–२२ जहदी गमरियाको पोखरीमा डुबेर बुधबार साँझ एक बलिकाको ज्यान गएको छ ।  स्थानीय फुलकुमार चौधरीको ५ वर्षीया अनुराधा चौधरीको पोखरीमा डुबेर ज्यान गएको हो ।

साँझ ६ बजेतिर घर नजिकैको पोखरीमा डुबेकी उनलाई उपचारको लागि लहानतर्फ ल्याउने क्रममा बाटोमै मृत्यु भएको क्षेत्रिय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

सम्बन्धित समाचार