जोरपाटीमा भयानक दुर्घटनाः अनियन्त्रित माइक्रोले पैदलयात्रीलाई सोहोर्दै लग्यो, एकको मृत्यु, २ गम्भीर



८ असार, काठमाडौं । बौद्ध जोरपाटीमा विहीबार अनियन्त्रित माइक्रो बसले पैदलयात्रीलाई ठक्कर दिएको छ । घटनामा एक जनाको मृत्यु भएको छ भने दुर्इ गम्भीर घाइते छन् ।

बा १ ज ९८०९ नम्बरको माइक्रोबसले सुरुमा मोटरसाइकललाई ठक्कर दिएको थियो । मोटरसाइकल चालक लडेपछि माइक्रोले पैदलयात्रीलाईर् सोहोर्दै लगेको थियो ।

‘पैदलयात्रीलाई सोहोर्दै लगेर रोकी राखेको गाडी चेप्ट्यायो, घाइतेलाई उद्दार गरेर अस्पताल पठाएका छौं’ जोरपाटीका असई गणेश श्रेष्ठले अनलाइनखबरलाई बताए ।

असर्इ श्रेष्ठका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका मध्ये भारत श्रीपुरका २७ वर्षीय रूपलाल साहको उपचारका क्रममा मृत्यु भएको छ । उनी जोरपाटी क्षेत्रमा साइकलमा फलफुल बेच्ने गर्थे ।

उनीसँगै रहेका अर्का फलफुल बिक्रेता भारत श्रीपुरकै प्रदीपकुमार साहको गम्भीर अवस्थामा जोरपाटी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

त्यस्तै पैदलयात्री अन्दाजी ६५ वर्षीया चीनमाया बुढाथोकीको शंकरापुर अस्पतालमा उपचार भइरहेको असर्इ श्रेष्ठले जानकारी दिए ।

मोटरसाइकलमा सवार अन्य तीन घाइतेहरूको अवस्था सामान्य रहेकाले उनीहरू उपचारपछि घर फर्किसकेको उनले जनाए ।

माइक्रो बस ब्रेक राम्रो नलाग्ने अवस्थामा रहेको र तीव्र गतिमा चलाएका कारण दुर्घटना भएको प्रहरीको भनाइ छ । माइक्रो बसलाई प्रहरीले निणन्त्रणमा लिएको छ । तर, चालक भने फरार छन् ।

चालक माइक्रोबस व्यवसायी समितिको सम्पर्कमा पुगेको प्रहरीले जानकारी दियो । दुर्घटनापछि जोरपाटीवासीमा त्रास र तनाव छ ।

सम्बन्धित समाचार