एमाले मेयर उम्मेदवारको घरमा बम, सेनाले पार्‍यो निष्क्रिय



नवलपारासीको बर्दघाट नगरपालिकाका एमाले मेयर उम्मेदवारको घरमा बम फेला परेको छ । मेयर उम्मेदवार धिरज शर्माको घरमा शनिबार बिहानै बम फेला परेको हो ।

बम राखेको जानकारी पाएलगत्तै पुगेको नेपाली सेनाको बम डिस्पोजल टोलीले बम निष्क्रिय पारेको छ । सेनाले बेलैमा बम निष्क्रिय पारेकाले अप्रिय घटना हुनबाट जोगिएका छन् ।

बम कसले र किन राख्यो भन्ने विषयमा केही खुलेको छैन । प्रहरीले यसबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

सम्बन्धित समाचार