सभाखोलामा मोटरसाईकल दुर्घटना, एकको मृत्यू



संखुवासभा, कार्तिक १४  गते । तुम्लिङटार–लेगुवा सडक खण्डमा सभा खोला नजिकै मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । तुम्लिङटारबाट धरान तर्फ लागेका षढानन्द नगरपालिकाका मदन खड्गीको दुर्घटनामा ज्यान गएको प्रहरीले जनाएको छ ।

को २३ प ९०६९ नं। को मोटरसाइकल सडकबाट ३ सय मिटर तल खसेको हो । उनीसंगै सवार एक बच्चा र महिला सकुशल छन् । सडक बिग्रिएका कारण बच्चा र महिलालाई मोटरसाइकलबाट ओरलेको र खड्की सडक पार गर्ने क्रममा मोटरसाइकल सहित भीरमा खसेको प्रहरीले उदृत गरेको छ ।

संखुवासभामा एक सातामा ३ वटा मोटरसाइकल दुर्घटना भएका छन् । तीन दुर्घटनामा मंगलबार भएको घटनामा खड्गीको ज्यान गएको हो ।

सम्बन्धित समाचार