संखुवासभाको मानेभञ्याङमा अरुण भ्याली गोल्ड कप प्रतियोगिता हुने



खाँदबारी । संखुवासभाको खाँदबारी नगरपालिका –३ मानेभञ्याङमा अरुण भ्याली गोल्ड कप फुटबल प्रतियोगिता हुने भएको छ । एडभान्स क्लव मानेभञ्याङको आयोजनामा कात्तिक १ बाट अरुण भ्याली गोल्ड कप फुटबल प्रतियोगिता हुने भएको हो ।

सामाजिक सद्भावका लागि युवा एकता – विकृती विसंगतिका विरुद्ध खेलकुदद्धारा सहकार्यको प्रतिवद्धता भन्ने मूल नाराका साथ जिल्ला स्तरीय फुटबल प्रतियोगिता हुन लागेको अरुण भ्याली गोल्ड कप प्रतियोगिता संयोजक जिल्लामान राईले जानकारी दिए ।

आगामी कात्तिक १ देखि ५ गतेसम्म मानेभञ्याङको खेल मैदानमा जिल्ला स्तरीय अरुण भ्याली गोल्ड कप फुटबल प्रतियोगिता आयोजना हुने लागेको संयोजक राईले बताए । एडभान्स क्लवले फुटबल खेलको विकास,आधुनिकिकरण र खेलाडीहरुको ब्यवसासयिकरण गर्ने उद्देश्यले २०६४ साल देखि निरन्तर फुटबल प्रतियोगिता गर्दे आएको छ ।

प्रतियोगिताका विजेता प्रथम टिमलाई ३ लाख, दोस्रो टिमलाई २ लाख र सान्तवना हुने दुई टिमलाई ५०÷५० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा ए डिभिजनका दुई टिम सहित ८ क्लवको सहभागीता रहने संयोजक राईले बताए । प्रतियोगिता लागि करिब ३७ लाख खर्च लाग्ने अनुमान गरिएको छ ।

सम्बन्धित समाचार