जनताबीच मधेसवादी दलः कोही मत माग्दै, कोही बिगार्दै



जनताको घरदैलोमा व्यस्त छन् । संघीय समाजवादी फोरम नेपाल र नेपाल लोकतान्त्रिक फोरम जनताको घरदैलोमा पुगेर मत माग्न व्यस्त छन् । अर्को मधेसवादी दल राष्ट्रिय जनता पार्टी नेपालका नेताहरु भने निर्वाचन बहिष्कारको एजेन्डासहित जनताबीच पुगिरहेको आजको राजधानी दैनिकमा खबर छ ।

फोरम नेपाल र लोकतान्त्रिक फोरमका नेता संविधान संशोधन र आर्थिक संवृद्धिका लागि विकास योजनाका मुद्दा लिएर घरघरमा पुगिरहेका छन् । निर्वाचनमा सहभागी यी दुई फोरमले स्थानीय निर्वाचनलाई संघर्षकै अर्को चरणका रुपमा लिएका छन् ।

फोरम नेपालका महासचिव रामसहाय यादवले आफूहरुको चुनावी नारा नै संविधान संशोधन, आर्थिक संवृद्धिका लागि विकासका मुद्दा रहेको बताए । फोरम नेपालका उम्मेदवारहरु घरदैलो, प्रचारप्रसार, आमसभालगायत काममा व्यस्त रहेको उनले बताए ।

राजपा नेपालका महासचिव मनीष सुमनले निर्वाचन बहिष्कार गर्न जनताकै बीचमा आमसभा, घरदैलोलगायत कार्यक्रम गरिरहेको बताए ।

सम्बन्धित समाचार