एकीकृत घुम्ती सेवावाट ३ सय पचासले नागरिकता पाए



भोजपुर मंसिर २४ . भोजपुरको उत्तरी दुर्गम गाँउपालिका साल्पासिलिछोंमा एकीकृत घुम्ती सेवावाट ३ सय पचास जनाले नागरिकता पाएका छन् । तपाईको घर घर मा नागरिकता नाम दिएर सञ्चालन गरिएको घुम्ती सेवा मंसिर २१ गते देखि सञ्चालन भएको थियो
।टोलिमा प्रमुख जिल्ला अधिकारी हिरा देवी पौडेल ,साल्पासिलिछो गाउपालिका अध्यक्ष महेश राई ,नेपाल प्रहरीका नायब उपरीक्षक केशव कुमार थेबे ,सशत्र प्रहरी नायब उपरीक्षक किसन कर्मचार्य ,प्रमुख प्रशासकीय अधिकृत किरण निधि तिवारी,सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपाने , तथा शिक्षा विकासतथा समन्वय एकाई प्रमुख मान बहादुर देवकोटाको सहभागिता रहेको गाँउपालिका अध्यक्ष महेस राईले जानाकारी दिए ।

सुदुर उत्तरी साल्पासिलिछौं गाँउपालिका जिल्लाकै दुर्गम मानिन्छ । मोटरवाटोको पहुँच नपुगेको गाँउपालिकावाट सदरमुकाम पुग्न ३ दिन सम्म पैदल यात्रा गर्नु पर्दछ । गाँउमै नागरिकता पाउँदा आफु हर्षित भएको साल्पासिलिछौं वडा नम्वर ६ का हर्क वहादुर राईले वताए ।

सम्बन्धित समाचार