धरानमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १६ पुग्यो




धरान । धरान उपमहानगरपालिकामा मात्रै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ । आज बिहान धरान १५ निवासी होमआइसोलेसनमा बसेका ७० वर्षीय वृद्धको मृत्यु भए सँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १६ पुगेको हो ।

धरानमा आजसम्म ११८२ जना कोरोना सङ्क्रमितको सङ्ख्या पुग्दा १६ जनाको मृत्यु भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले बताए । यसअघि हिजो राती ११ बजे धरान २ का एक सङ्क्रमितको वीपी प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको थियो ।

सम्बन्धित समाचार