सबैलाई मन्त्री पद चाहिएपछि मानसिक तनावमा छु : प्रचण्ड



काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पार्टी भित्रबाट मन्त्री छान्न समस्या भएको बताउनुभएको छ ।

माओवादी मुख्यालय पेरिसडाँडामा आयोजित नरबहादुर कर्माचार्यको ८ औं स्मृति सभामा अध्यक्ष प्रचण्डले पार्टीका ४९ जना सबै सांसदलाई मन्त्री चाहिएपछि आफू चिन्ता र मानसिक तनावमा रहेको बताउनुभएको हो । उहाँले पद र अवसर नपाए नेतृत्वलाई गाली गर्ने प्रवृत्ति बढेको पनि बताउनुभयो ।

आदर्शको कुरा गर्नेहरु पनि पद नपाउनासाथ गाली गर्न थाल्ने भन्दै पदका लागि जे पनि गर्ने प्रवृति अन्त्य गर्नुपर्ने उहाँको भनाइ छ ।

सम्बन्धित समाचार