दमकमा ट्रकले मोटरसाईकललाइ ठक्कर दिँदा बिष्ट दम्पतीको मृत्यु


१३ श्रावण २०७८, बुधबार


 

झापा । दमकमा ट्रकले मोटरसाईकललाइ ठक्कर दिँदा बिष्ट दम्पतीको मृत्यु भएको छ । मंगलबार विहानै भेडेटार घुम्न गएका विष्ट दम्पती सुरुङ्गास्थित घर फर्कने क्रममा राति १० बजे दुर्घटना हुँदा पुर्णबहादुर बिष्ट र उनकी श्रीमती भिमा कार्की विष्टकोको मृत्यु भएको हो ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बिष्ट दम्पति सवार प्र.२—०३—०१३—प.४७८७ नम्बरको निलो रङ्गको अपाची मोटरसाईकललाई पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.४ ख.८७३० नम्बरको ट्रकले ठक्कर दिँदा उनीहरुको मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ । ठक्कर दिने ट्रक र मोटरसाइकल दमक प्रहरीको नियन्त्रणमा रहेको बताइएको छ । बिष्ट सुरुङ्गास्थित होटल हेवनका संचालक रहेका थिए ।

सम्बन्धित समाचार