गुल्मी जीप दुर्घटना : घाइते सात जनाको गुल्मी र पाल्पामा उपचार हुँदै


१३ श्रावण २०७८, बुधबार


गुल्मी । गुल्मीमा जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । दुर्घटनामा चन्द्रकोट गाउँपालिका ४ का वर्ष ४३ का तेजबहादुर खत्री, वडा नम्बर ५ का ३६ वर्षका रेशम कार्की र रेसुङ्गा नगरपालिका २ का ६२ वर्षकी सुनिता विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

बुधवार बिहान चन्द्रकोट गाउँपालिका अन्तर्गत शान्तिपुरबाट सदरमुकाम तम्घासका लागि छुटेको लु १ ज ४५५९ नम्बरको जीप मुसिकोट नगरपालिका ४ अन्तर्गत दोभान नजिकै दुर्घटनामा परेको थियो ।

दुर्घटनामा चालकसहित सात जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको गुल्मी अस्पताल र चार जनाको अवस्था गम्भीर रहेकाले लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचारका लागि पठाइएको प्रहरी उपरीक्षक ९एसपी० गोपालचन्द्र भट्टराईले बताउनुभयो । दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।

सम्बन्धित समाचार