झापामा नगद र ब्राउन सुगर सहित दुई जना पक्राउ


१५ श्रावण २०७८, शुक्रबार


धरान । झापाको मेचीनगर नगरपालिका–९ स्थित लिलाबस्तीको लिलाचोकमा लागूऔषध ब्राउन सुगर कारोबार गर्ने दुई जनालाई नगद र ब्राउन सुगर सहित प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–१ बस्ने २६ वर्षीय सरोज भुजेल र सोही स्थानका ३५ वर्षीय निर्मल भुजेल रहेका छन् ।

हिजो साढे ३ बजे विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा, लागु औषध नियन्त्रण ब्युरो काकाडभिट्टा र इलाका प्रहरी कार्यालय धुलाबारी झापाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई लागूऔषध ब्राउन सुगर कारोबार गर्न लागेको अवस्थामा फेला पारी खानतलासी गर्दा झोला भित्र लागूऔषध ब्राउन सुगर ३४ ग्राम र नेपाली रुपैयाँ २ लाख ५१ हजार फेला पारे पश्चात् उनीहरूले प्रयोग गरेको मे।४ प ४०९७ र मे६प ३२१३ नम्बरको दुई वटा मोटरसाइकल सहित पक्राउ गरिएको हो ।

पक्राउ परेका उनीहरूलाई इलाका प्रहरी कार्यालय धुलाबारीबाट थप अनुसन्धान भइरहेको छ ।

सम्बन्धित समाचार