हेल्मेट नलगाइ मोटरसाइकल चलाएका पारस शाहद्वारा प्रहरीमाथि दुर्व्यवहार


१६ श्रावण २०७८, शनिबार


काठमाण्डौ । पूर्व युवराज पारस शाहले महाराजगञ्जमा रहेको नारायण गोपाल चोकमा खटिएका ट्राफिक प्रहरीमाथि दुर्व्यवहार गर्नुभएको छ ।

शुक्रवार बेलुकी हेल्मेट नलगाइ मोटरसाइकल चलाएको देखेपछि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सोधपुछ गर्दै हेल्मेट लगाउन आग्रह गरेको थियो । तर शाहले कहिल्यै हेल्मेट नलगाउने गरेको बताएपछि विवाद बढेको थियो । त्यसपछि त्यहाँ थप प्रहरी पुगेको थियो । प्रहरी र शाहबीच भएको विवादको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

केही समयको विवादपछि प्रहरीले पारसलाई नियन्त्रणमा लिएर हेल्मेट लगाउन लगाएर मात्रै जान दिएको भिडियोमा देखिन्छ ।

 

सम्बन्धित समाचार