सरकारले भन्यो : मेलम्ची खानेपानी आयोजना अनिश्चित भयो


१८ श्रावण २०७८, सोमबार


काठमाडौं । आइतबार मेलम्ची नदीमा आएको लेदोसहितको बाढीले थप क्षति पुर्‍याएपछि मेलम्ची खानेपानी आयोजना अनिश्चित भएको सरकारले बताएको छ ।

सोमबार प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिको छलफलमा खानेपानी तथा सरसफाइ मन्त्रालयकी सचिव प्रमिलादेवी बज्राचार्यले आयोजनाको हेडवर्क्स ९मुहान क्षेत्र० क्षेत्र बाढीले बगाएर ल्याएको ढुंगा, माटो र बालुवाले पुरेकाले आयोजना अनिश्चित भएको बताएकी हुन् ।

असार १ गते आएको बाढीले हेडवर्क्समा क्षति पुर्‍याएपछि मेलम्ची खानेपानी विकास समितिको निष्कर्ष थियो, सडक विभाग र नेपाली सेनाले सघाएमा माघ–फागुनसम्म फेरि काठमाडौंमा पानी ल्याउन सकिन्छ । असार १ को बाढीपछि आयोजना पुनर्स्थापित गर्ने कार्ययोजना बनिरहँदा आइतबारदेखि थप लेदोसहितको बाढी आएपछि आयोजनाको भविष्यबारे थप आशंका उब्जिएको हो ।

‘अस्तिको बाढीले झन् निराश बनायो । अस्तिको बाढीअघि माघसम्म अस्थायी रुपमा भए पनि पानी ल्याउन सकिन्छ भन्ने थियो,’ खानेपानी मन्त्रालयकी सचिव प्रमिलादेवी बज्राचार्यले भनिन्, ‘अब त्यो समयसम्म काम गर्न सक्छौं कि सक्दैनौं भन्ने भएको छ ।’
बाढीले आयोजनाको सुरुङ जोगिए पनि बाँधसहितका बाहिरी संरचना ढुंगा, गिट्टी, बालुवा र माटोले पुरिएका छन् । आयोजनाको संरचनामाथि नै खोला बगिरहेको छ ।

पछिल्लो पटकको बाढीले तत्काल आयोजना स्थलमा गएर काम गर्न नसकिने देखिएपछि सरकार नै आयोजनाको भविष्यप्रति अन्योलमा देखिएको हो ।

‘अस्तिको बाढीले झन् निराश बनायो । अस्तिको बाढीअघि माघसम्म अस्थायी रुपमा भए पनि पानी ल्याउन सकिन्छ भन्ने थियो,’ सचिव बज्राचार्यले भनिन्, ‘अब त्यो समयसम्म काम गर्न सक्छौं कि सक्दैनौं भन्ने भएको छ ।’

उनका अनुसार माथिल्लो तटीय क्षेत्रको भौगर्भिक अवस्थामा आधारमा विज्ञ टोलीले मेलम्ची आयोजनामा पनि समस्या पर्न सक्ने बताएका छन् ।

‘२१ वर्षदेखिको प्रयास गरिएको मेलम्ची खानेपानी आयोजना के हुने भन्ने यकीन छैन’ सचिव बज्राचार्यले भनिन्, ‘आयोजना भन्दा माथिको तटीय क्षेत्रको भौगर्भिक अवस्थाबारे एसियाली विकास बैंक ९एडिबी०लाई पनि पत्राचार गरेर दीर्घकालीन अध्ययन गरिदिनुस् भनेका छौँ ।’ उनले मेलम्ची आयोजना अनिश्चित भए पनि जसरी पनि बचाउनुपर्ने बताइन् ।

सम्बन्धित समाचार