भोजपुरमा डाका मुद्धाका फरार प्रतिवादी ९ बर्ष पछि पक्राउ


१९ श्रावण २०७८, मंगलबार


भोजपुर । भोजपुरमा लुटपाट गरि ९ बर्षदेखि फरार भएका प्रतिबादी पक्राउ परेका छन । पक्राउ पर्नेमा भोजपुर नगरपालिका २ हेलौछा घर भइ हाल दमक नगरपालिका ३ भुटानी शरणार्थी शिबिर बेलडाँगी वसोवास गर्दै आएका ३१ बर्षिय सुबास बिश्वा ९वि।क।०लाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

भोजपुर नगरपालिका २ बस्ने सडक निर्माण समितीका अध्यक्ष धनबहादुर राईले २०६९ साल असार १८ गते सडकमा काम गर्ने मजदुरलाई बितरण गर्नका लागि लगेको नगद ८ लाख ५१ हजार ५ सय विश्वा सहित ७ जनाको टोलिले लुटपाट गरेको थियो ।

उक्त घटना पछि फरार रहेका ७ जना मध्यका बिश्वकर्मालाई भोजपुर जिल्ला अदालतको २०७३ साल फागुन २९ गतेको फैसलाले ६ बर्ष कैद नगद १२ लाख ७७ हजार २ सय ५० जरिवाना भएकोमा उनिहरु ९ बर्ष अगाडि देखि फरार थिए । ईलाका प्रहरी कार्यालय दमकको समन्वयमा जिल्ला प्रहरी कार्यलय भोजपुरका प्रहरी नायब उपरीक्षक राजकुमार राईको नेतृत्व टोलिले प्रतिवादी विश्वालाई पक्राउ गरेको हो ।

बिश्वालाई आइतबार भोजपुर जिल्ला अदालतमा पेश गरिएको पहिलाको फैसलाअनुसार कैद जरिवाना भुक्तानको लागि कारागार चलान गरिएको छ । बिश्वकर्मालाई खोजी गर्ने क्रममा यहि १५ गते दमकबाट भोजपुर ल्याइएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख तथा प्रहरी नायब उपरीक्षक राज कुमार राईले जानकारी दिए ।

सम्बन्धित समाचार