धरान । धरान ८ स्थित कोसी राजमार्गमाको जङ्गलमा दुर्घटनामा गम्भीर घाइते भएका तीन जना मध्ये एक जनाको मृत्यु भएको छ।
प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका डिएसपी सुमन कुमार तिम्सिनाले दिएको जानकारी अनुसार आज बिहान ९स्३० बजे भएको दुर्घटनामा गम्भीर घाइते भएकी ४० वर्षीय मिरा देवी शाहको मृत्यु भएको हो।
मोटरसाइकल चालक २५ वर्षीय विमल शाह र ट्याक्टर चालक रामधुनी ३ बस्ने ३० वर्षीय अर्जुन कुमार चौधरी घाइते भएका छन्। घाइतेहरूलाई उपचारको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको छ।
ठक्कर दिने बस र बस चालक धरान(१५ बस्ने ३६ वर्षीय प्रभु खड्कालाई नियन्त्रणमा लिएको धरानका डिएसपी नरेन्द्र कुँवरले बताए ।
धरानबाट इटहरी जाँदै गरेको को १ ख ५४३० नम्बरको बसले सोही दिशा तर्फ अगाडी बढी रहेको को १ त ५१४३ को ट्याक्टरलाई ओभर ट्याक गर्ने क्रममा ट्याक्टरलाई ठक्कर दिएर पुनः प्रदेश १(०२(०४० प ६४०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।


प्रतिक्रिया