अर्घाखाँचीमा पहिरोमा पुरिएर एक जनाको ज्यान गयो


३० श्रावण २०७८, शनिबार


अर्घाखाँची । अर्घाखाँचीको पाणिनी गाउँपालिकामा पहिरोमा पुरिएर एक जनाको ज्यान गएको छ ।

पाणिनी गाउँपालिका–५ मैदानमा खसेको पहिरोमा परि धातिवाङ्ग घर भएका अन्दाजी ४५ वर्षका मानबहादुर सुनारको ज्यान गएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताउनु भयो ।

स्थानीय मेघराज घिमिरेको घरमा प्लास्टर गर्ने क्रममा हिजो बेलुका ५ बजेतिर घर माथिबाट आएको पहिरोमा पुरिनु भएको हो ।

सम्बन्धित समाचार