बाढीपहिरोमा परेर जुम्लामा एकै घरका तीन जनाको मृत्यु


३० श्रावण २०७८, शनिबार


तातोपानी गाउँपालिका ७ ताम्ती गाउँमा एकै घरका तीन जनाले पहिरोमा पुरिएर ज्यान गुमाएका छन् । ६० वर्षीय विर्खे रावत, ३५ वर्षीया जैसरी रावत र उनका छोरा १० वर्षीय छोरा सन्देशको रावत शुक्रबार पहिरोमा पुरिएर मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी तथा प्रहरी निरीक्षक युवन चौधरीका अनुसार सेतक चिनी जडिबुटी कोरेर पाटनबाट घर फर्किने क्रममा ताम्तीको घट्टे खोलो तर्ने बेलामा उनीहरूलाई बाढीपहिरोले बगाएको छ।

तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले भने, ‘बाढी आएर पानी थुनिएको रहेछ । उनीहरूले खोला तर्ने र थुनिएको बाढी फुट्ने सँगसँगै भएपछि उनीहरुलाई बगाएको रहेछ ।ु

राति अबेरसम्म पनि घर नपुगेपपछि घरपरिवारले उनीहरूको खोजी कार्य थालेको थियो । शुक्रबार वडाध्यक्ष मक्कर रावत र टोप्ला प्रहरी चौकीबाट खटिएको टोलीले बगाएको अवस्थामा भेटाएको थियो । यसअघि पहिरोमा परेको भनिएको भए पनि बाढीपहिरो एक्कैसाथ आएर बगाएको स्थानीयले बताएका छन् ।

सम्बन्धित समाचार