लागु औषध मुद्दामा १० वर्ष एक महिना कैद सजाय तोकिएका फरार अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमबाट खटिएको टोलीले पक्राउ गरेको छ । प्रतापपुर गाउँपालिका–३ सोमनी घर भएका २२ वर्षीय इन्द्रिजीत बिनलाई पक्राउ गरिएको जिप्रका नवलपरासी पश्चिमका प्रवक्ता डिएसपी राजु लामाले रातोपाटीलाई बताए
नवलपरासी पूर्वको बिनयत्रिवेणी गाउँपालिकाबाट पक्राउ परेका इन्द्रिजीत बिनलाई २०७५ जेठमा नवलपरासी जिल्ला अदालतले १० वर्ष १ महिना ८ दिन कैद र १ लाख जरिवाना हुने फैसला गरेको थियो । ३ वर्षदेखि उनी फरार थिए । अभियुक्तलाई आइतबार जिल्ला अदालत नवलपरासीमा उपस्थित गराइने डिएसपी लामाले बताए ।


प्रतिक्रिया