प्रहरी कल्याण कोषद्वारा सञ्चालित पेट्रोलपम्पमा रकम हिनामिना गरेको आरोपमा प्रहरी सहायक निरीक्षक असइ दिलीप कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक करोड तीन लाख ९७ हजार नौ सय ३७ रुपैयाँ बिगो कायम गरी उनीविरुद्ध मुद्दा दायर गरेको हो ।
असइ कार्कीले पेट्रोलपम्पको आम्दानी आफ्नो खातामा राखेर हिनामिना गरेका थिए । पछि लेखापरीक्षणको क्रममा त्यससम्बन्धी खुलेपछि प्रहरीले यस सम्बन्धमा अख्तियारलाई जानकारी गराएको थियो ।
गत वर्ष असइ कार्कीलाई नियन्त्रणमै लिएर प्रहरीले आयोगलाई बुझाएको थियो । करिब तीन वर्षको अवधिमा उनले पेट्रोलपम्पको एक करोड रुपैयाँ हिनामिना गरेका हुन् ।


प्रतिक्रिया