सर्पको टोकाइबाट डोटीमा बालकको ज्यान गयो


३२ श्रावण २०७८, सोमबार


डोटी । विषालु सर्पको टोकाइबाट डोटी पूर्वीचौँकी गाउँपालिका–६ मा एक बालकको ज्यान गएको छ ।

विषालु सर्पको टोकाइबाट पाँच वर्षीय बालक हेमराज भण्डारीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीका सह–प्रवक्ता तथा प्रहरी निरीक्षक रवीन्द्र चन्दले जानकारी दिनुभयो ।

हिजो बेलुकी आँगनमा खेलिरहेको समयमा उनलाई विषालु सर्पले टोकेको थियो । बालकलाई जिल्ला अस्पताल डोटीमा ल्याइए पनि उपचारका क्रममा गएराति नै ज्यान गएको प्रहरीले जनाएको छ।

डोटीमा गर्मीबढैसँगै सर्पदंशका बिरामीहरु बढ्दै गएको जिल्ला अस्पतालले जनाएको छ ।

सम्बन्धित समाचार