सुनसरीमा सिटी सफारी पल्टदा एक जनाको मृत्यु, एक घाईते



सुनसरी । सुनसरीको कोशी गाऊपालिका २ स्थित भित्री पक्की सडक खण्डमा उत्तरबाट दक्षिण आउदै गरेको को२ह ११६३ नम्बरको सिटी सफारी अनियन्त्रित भई पल्टदा सवार एक जनाको मृत्यु र एक जना घाईते भएका छन् । हिजो बेलुका ५ बजे भएको दुर्घटनाबाट सोही स्थानका ७४ बर्षीय फरेबी यादव र बराहक्षेत्र ११ कि २३ बर्षीय सबिना माझी घाईते भएका थिए ।

घाईते मध्ये यादबको नोवेल अस्पताल विराटनगरमा उपचारको क्रममा राती पौने १२ बजे मृत्यु भएको थियो भने माझीको घोपा धरानमा उपचार भईरहेको छ । सिटी र चालक कोशी गाऊपालिका २ का २० बर्षीय रंजित यादव जिल्ला प्रहरी कार्यालय सुनसरीको नियन्त्रणमा रहेको जनाइएको छ ।

सम्बन्धित समाचार