मेलम्चीमा बाढीले थप तीन घर बगायो



काठमाण्डौ । सिन्धुपाल्चोकको मेलम्चीमा बाढीले थप तीन घर बगाएको छ । गएराति वर्षासँगै आएको बाढीले मेलम्ची नगरपालिका वडा नम्बर ६ को तीन वटा घर बगाएको उपमेयर भगवती नेपालले जानकारी दिनुभयो ।

उहाँका अनुसार राति ठूलो पानी पर्दा खोलामा बाढी आएको थियो । यस अघि गएको साउन १६ गतेको बाढीका कारण उच्च जोखिममा परेका घरहरु गए रातिको बाढीले बगाएको उहाँले बताउनुभयो । मेलम्ची नदीमा बाढी आइरहेकाले अन्य घरहरु पनि उच्च जोखिममा परेका छन् ।

विशेषगरी वडा नम्बर ६, ११ र १२ का केही घरहरु उच्च जोखिममा परेका छन् । गएको असार १ गते र साउन १६ गते मेलम्चीमा आएको बाढीले ठूलो नोक्सानी गरेको छ । बाढीमा परेर पाँच जनाको ज्यान गएको छ भने २० जना हराइरहेका छन् ।

सम्बन्धित समाचार