ब्राउन सुगरसहित तीनजना पक्राउ


४ भाद्र २०७८, शुक्रबार


सिरहा । लहान नगरपालिकाबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित तीनजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा लहान–२४ का १८ वर्षीय मनदीप विश्वकर्मा, लहान–५ का ५२ वर्षीय रामदेव यादव र २५ वर्षीय दीपेन्द्र यादव छन्।

इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सुभाष बुढाथोकीले जानकारी दिए।

सम्बन्धित समाचार