पहिरोले बन्द भीमदत्त राजमार्ग खुल्यो


४ भाद्र २०७८, शुक्रबार


डोटी । वर्षाका कारण गएरातिदेखि बन्द भएको भीमदत्त राजमार्ग खुलेको छ ।

गएरातिको वर्षाको कारण डोटी र डडेल्धुराको सीमा क्षेत्र गैरा नजिक पहिरो गएपछि राजमार्ग बन्द भएको थियो ।

जिल्ला प्रहरी कार्यालय डोटीका सह–प्रवक्ता तथा प्रहरी निरीक्षक रवीन्द्र चन्दले सडक डिभिजन कार्यालयको डोजर, प्रहरी तथा स्थानीयवासीको सहयोगमा सडक खुलाइएको जानकारी दिनुभयो।

राजमार्ग बन्द भएका कारण गएरातिदेखि यस क्षेत्रमा दर्जनौँ गाडी र यात्रु अलपत्र परेका थिए ।

बर्खा लागेयता पहिरोका कारण अहिलेसम्म राजमार्ग पाँच पटक सडक बन्द भइसकेको डोटी प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार