नक्कली नेपाली नोटसहित दुई भारतीय पक्राउ



सुनसरी देवानगंज गाउँपालिका–२ मध्यहर्षाही पेट्रोल पम्पनजिकैबाट नेपाली नक्कली नोटसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार इलाका प्रहरी कार्यालय देवानगन्जबाट खटिएको टोलीले BR50-S-8406 नम्बरको मोटरसाइकलमा सवार भारतको अररिया रामनगर बस्ने ४० वर्षीय नवलकिशोर पाल र अर्का ३२ वर्षीय सुमन पाललाई एक सयको दरका १६ थान नेपाली नक्कली जाली नोट फेला पारेको थियो ।

शुक्रबार नै जिल्ला अदालत सुनसरीबाट सात दिनको म्याद थप गरी अनुसन्धान थालिएको सुनसरी प्रहरी प्रमुख एसपी सञ्जयसिंह थापाले जानकारी दिए । दुवैजनालाई मुलुकी अपराधसंहिता २०७४ को परिच्छेद २२ मुद्रासम्बन्धी कसुरअन्तर्गत मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार