बेपत्ता भनिएका दुईजना मृत फेला, ४० घाईते



चौतारा । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका २ ठोकर्पाबाट काठमाडौं जाादै गरेको अरनिको कोशिपारी यातायातको बा ३ ख ८०३० नम्वरको यात्रुबस दुर्घटनम भएको छ । दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ भने अन्य ४० जना घाईते भएका छन् । मृत्यु हुनेमा ललितपुर जिल्ला ठूलोदुलुङका ४० वर्षिय राजन वतन र अन्दाजी २२ वर्षका एक पुरुष रहेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी दक्षकुमार बस्नेतले जानकारी दिनुभयो ।

ठोकर्पाबाट काठमाडौंका लागि छुटेको बस बिहान सबा एघार बजे सुनकोशी गाउँपालिका ३ थापागाँउमा सडकबाट ४० फिट तल बस झरेको थियो । दुर्घटनामा परेका १९ जनाको सिन्धु सदाबहार अस्पताल खाडी चौरमा, २० जनाको धुलिखेल अस्पतालमा र एक जनाको मध्यपुर ठिमी अस्पतालमा उपचार भै रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ओरालो मोडमा गाडीको बे्रक नलागेर सडकबाट झरेको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । सवारी चालक फरार रहेका छन् ।

सम्बन्धित समाचार