काठमाडौं । रौतहटका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सिद्धिविक्रम शाहमाथि छानबिन सुरु भएको छ । पत्रकारलाई फसाउन आफैंले लागूऔषध राखेर पक्राउ गरिएको घटनामा प्रहरी प्रधान कार्यालयले प्रहरी वरिष्ठ उपरीक्षक कृष्ण महतको नेतृत्वमा छानबिन समिति गठन गरेको हो । प्रहरी प्रवक्ता एसएसपी बसन्त कुँवरका अनुसार समितिमा एसएसपी महतोसहित चार सदस्य रहेका छन् ।
गत साउन ३२ गते गौरबाट मोजिबुल्लाहको बीआर ३० एस १८८७ नम्बरको मोटरसाइकलबाट प्रहरीले लागुऔषध नाइट्राभेट १०५ ट्याब्लेट बरामद गरेको थियो । उक्त मोटरसाइकलमा मोजिबुल्लाह र शेख सवार थिए । लागूऔषधसहित आफूहरुलाई पक्राउ गरेपछि पत्रकारद्वयले आफूहरु निर्दोष रहेको र फसाउनका लागि योजनाबद्ध तरिकाले लागुऔषध राखिएको बताएका थिए ।


प्रतिक्रिया