कालीकोट । कर्णाली राजमार्गको कालीकोटको शुभकालीका गाउँपालिका–१ कालेखोलामा गएको पहिरोमा एक महिलाको मृत्यु भएको छ। पहिरोले राजमार्ग अवरुद्ध भएको छ।
बुधबार बिहान ५ बजे राजमार्गको पहिरोमा च्यापिएर शुभकालीका गाउँपालिका–१ की २५ वर्षीया विमला सुनारको मृत्यु भएको हो।
माथिबाट आएको ढुंगाले च्यापिएको अवस्थामा भेटिएकी सुनारलाई प्रहरीले उद्धार गरेको थियो। उपचारका लागि जिल्ला अस्पताल कालीकोट लैजाँदै गर्दा बाटोमा नै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख चक्रबहादुर शाहले जानकारी दिए।
वर्षाका कारण सुर्खेत–जुम्ला जोड्ने कर्णाली राजमार्गको दुई ठाउँमा पहिरो गएकाले राजमार्ग अवरुद्ध रहेको प्रहरी प्रमुख शाहले बताए । बिहान दैलेख र कालीकोटको सिमानामा पर्ने कालेखोला र एसमोडमा पहिरो खसेको छ, उनले भने, पहिरोका कारण यातायातका साधन बीच बाटामै रोकिएका छन्।


प्रतिक्रिया