सोलुखुम्बुमा खोला तर्नेक्रममा नगर प्रहरी बेपत्ता



धरान । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकामा कार्यरत नगर प्रहरी खोला तर्ने क्रममा बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक कवित कटुवालका अनुसार सोलुदूधकुण्ड नगरपालिका वडा नम्बर २ मोपुङको वासाखोला तर्ने क्रममा मोटरसाइकल सहित बगाउँदा नगर प्रहरी दावा तेन्जी शेर्पा बेपत्ता भएका हुन् ।

सोही नगरपालिकाको वडा नम्बर(८ केरुङ घर भएका २२ वर्षीय शेर्पा प्रदेश–३–१०२००८प ३१५३ नम्बरको मोटरसाइकलमा सल्लेरीबाट मोपुङ हिँडेको बुझिएको कटुवालले बताए ।

मङ्गलवार खोला तर्ने क्रममा उनी बेपत्ता भएका हुन् । प्रहरीका अनुसार मोटरसाइकल भेटिए पनि शेर्पा अझैसम्म बेपत्ता छन् ।

उनको खोजीका लागि जनपथ प्रहरी सहित स्थानीय जनप्रतिनिधि, नगर प्रहरी, स्थानीयवासी सक्रिय भए पनि खोला बढेकाले उनलाई खोज्न समस्या भएको प्रहरीको भनाइ छ ।

सम्बन्धित समाचार