इटहरी । भाटभटेनी इटहरीले निषेधाज्ञा उलङ्घन गरेको छ । शनिबार जिल्ला प्रशासन कार्यलय सुनसरीले जारी गरेको निषेधाज्ञाका मापदण्ड विपरीत भाटभटेनी नयाँ शाखाको उद्घाटन गरेको हो । सुनसरीमा भदौ २५ गते सम्मकालागि निषेधाज्ञा जारी गरिएको छ । यसको उल्लंघन गरी भीडभाडका बीच बिना सतर्कता भाटभेटेनी सुपरमार्केटको उद्घाटन गरिएको छ ।
भिडभाड गरी बिना स्वास्थ्य मापदण्ड उद्घाटन कार्यक्रम आयोजना गरिएको थियोे । तरहरा, इटहरी, सुन्दरहरैँचा लगायतका स्थानका स्थानियलाई घरघरमा पुगेर निमन्त्रणा बढेर नै भिड जम्मा पारिएको थियो । उद्घाटन कार्यक्रममा राष्ट्रिय नेता, ठुला व्यापारी सहित हजारौंको भिड लागेको थियो ।
उद्घाटन कार्यक्रमले इटहरी चोकदेखि झुम्कासम्मका सडकमा जाम भएको थियो । एम्बुलेन्स, दमकल जस्ता सवारीसाधनले समेत बाटो पाउने अवस्था नरहेको प्रत्यक्षदर्शी बताउँछन् । यो घटनामा सानालाई ऐन ठुलालाई चैन चरितार्थ भएको छ । स्थानीय साना व्यवसायीले सामान्य नियमको उलङ्घन गर्दा कारबाही गर्ने प्रशासन ठुला व्यापारी घराना सामु निरीह देखिएको छ ।
उद्घाटन बारे जानकारी भए पनि भिड अत्यधिक भएकाले व्यवस्थापनमा कठिनाइ भएको जिल्ला प्रशासन कार्यालय सुनसरीले बताएको छ । आगामी दिनमा यस्तो कार्य हुन नदिने उसको भनाइ रहेको छ । भाटभटेनीले सुनसरीको इटहरीमा नेपालकै सबैभन्दा ठूलो शाखा शनिबारदेखि सञ्चालनमा ल्याएको हो ।


प्रतिक्रिया