विराटनगरमा बेबारिसे अवस्थामा पुरुषको शव फेला



विराटनगर । विराटनगर महानगरपालिका–१३ मा बेबारिसे अवस्थामा आज ९सोमबार० बिहान एक जना पुरुषको शव फेला परेको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले अन्दाजी ३५/४० वर्षका जस्तो देखिने पुरुषको शव भेटिएको जानकारी दिए । उनका अनुसार मृतकको पहिचान खुल्न बाँकी छ । सडकको छेउमा घोप्टो परेको अवस्थामा पुरुषको शव देखेर स्थानीयले प्रहरीलाई खबर गरेका हुन् ।

स्थानीयका अनुसार आइतबारसाँझतिर ती पुरुष देखा परेका थिए । वरपर हिँडडुल गरिरहेका उनी केही बेरपछि त्यहीँ बसिरहेको र एक्कासि बिहान मृत्यु भएको अवस्थामा भेटिएको स्थानीयले बताएका छन् ।

प्रहरीले मृतक पुरुष लागुऔषध सेवनकर्ता भएको हुनसक्ने अनुमान गरेको छ । अत्याधिक लागुऔषध सेवनका कारण उनको मृत्यु भएको अनुमान गरिएको छ । डीएसपी श्रेष्ठले शव पोस्टमार्टमका लागि अस्पताल लगेर घटनाका बारेमा अनुसन्धान थालिएको जानकारी दिए ।

सम्बन्धित समाचार