एससिसी चाँडो अनुमोदन गर्न फातिमाको अर्थमन्त्रीलाई आग्रह



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा र एमसिसी उपाध्यक्ष फातिमा सुमार नेतृत्वको प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ।

अर्थ मन्त्रालयमा भएको भेटका क्रममा मन्त्री शर्माले एससिसीबारे राजनीतिकस्तरमा छलफल भइरहेको बताए। भेटका क्रममा उपाध्यक्ष सुमारले एमसिसी सम्झौतालाई संसदबाट चाँडो अनुमोदन गरी कार्यान्वयनमा लैजान आग्रह गरेको मन्त्रालयले जनाएको छ।

फातिमाले प्रधानमन्त्री शेरबहादुर देउवासहित एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादीका नेता डा। बाबुराम भट्टराई, नेकपा ९एकीकृत समाजवादी० का अध्यक्ष माधवकुमार नेपाल, ऊर्जा मन्त्री पम्फा भुषाललगायतसँग भेटवार्ता गरेकी छिन्।

सम्बन्धित समाचार