जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको स्टाफ नर्सको परीक्षामा लिखित परीक्षाको नतिजामा नाम नभएकी परीक्षार्थी उत्तीर्ण भएपछि विवाद भएको छ ।
लिखितमा नाम नभएकी सपना न्यौपानेको मौखिक पछिको परीक्षामा नम्बर एकमा नाम निक्लेको भन्दै प्रतिष्ठानले अस्ति सूचना निकाले पछि चौतर्फी आलोचना भइरहेको छ ।
प्रतिष्ठानले लिएको लिखित परीक्षामा स्टाफ नर्स पदको लिखित परीक्षाका लागि जम्मा ५० जना सहभागी हुन सूचना जारी गरेकोमा सपना न्यौपानेको नाम नभएको तर मौखिक परीक्षा पछिको अन्तिम नतिजामा नाम प्रकाशन भएपछि विवाद भएको हो।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका रजिस्ट्रार नृपेन्द्र महतले कुनै नियतवश नभइ प्राविधिक त्रुटिका कारण यस्तो भएको बताउनु भएको छ ।
कुनै नियतवश यस्तो कार्य गरिएको हैन । कोडिङ प्रणालीमा सजिलो होला भन्ने हिसाबले गरिएको थियो । अर्कैकोमा कोडिङ परेको रहेछ उहाँले भन्नुभयो ।


प्रतिक्रिया