छिमेकीलाई प्राथमिकतामा राख्दै भारतले अक्टोबरदेखि कोरोना खोप निर्यात गर्ने


५ आश्विन २०७८, मंगलबार


काठमाडौं । भारतले आगामी अक्टोबर महिनादेखि कोरोना खोप निर्यात शुरु गर्ने घोषणा गरेको छ । भारतका स्वास्थ्यमन्त्री मनसुख मंडावियाले सो घोषणा गरेका हुन् ।

उत्पादित खोप आन्तरिक प्रयोजनका लागि प्रयोग गर्ने भन्दै भारत सरकारले खोप निर्यातमा अघोषित बन्देज लगाएको थियो ।

भारतका स्वास्थ्यमन्त्री मंडावियाले छिमेकी मुलुक र कोभ्याक्सलाई उच्च प्राथमिकतामा राख्ने बताएका छन् । उनले पत्रकारहरुसँग भनेका छन्, ‘हामी अरु मुलुकलाई सहयोग गर्छौं, कोभ्याक्स र छिमेकी प्राथमिकतामा हुनेछन् ।’

भारतले खोप निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालले भुक्तानी गरिसकेको १० लाख डोज खोप रोकिएको छ ।

सम्बन्धित समाचार