समाज कल्याण परिषद्का पदाधिकारीको सामूहिक राजीनामा


८ आश्विन २०७८, शुक्रबार


काठमाडौं । समाज कल्याण परिषद्का पदाधिकारीहरूले सामूहिक राजीनामा दिने भएका छन्। राजीनामाबारे शुक्रबार दिउँसो पत्रकार सम्मेलन गरी जानकारी दिने परिषदका सदस्य सचिव पुष्कर खातीले जानकारी दिए।

सदस्य सचिव खातीले परिवर्तित परिस्थितिमा सामूहिक राजीनामा दिने निर्ण गरेको बताए। राजीनामा दिनुका कारण र आफ्नो कार्यकालमा गरेका कामबारे पत्रकार सम्मेलनमा जानकारी दिने उनले बताए।

सम्बन्धित समाचार