काठमाण्डौ । विश्व पर्यटन दिवसका अवसरमा विभिन्न राष्ट्रका राजदूतसहित कुटनीतिक नियोगका प्रमुख पोखरा आएका छन् । उनीहरुलाई पोखरा विमानस्थलमा गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव ज्ञानेन्द्र पौडेल, पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराई लगायतले स्वागत गर्नुभयो थियो ।
कतार, यूएई, फिनल्याण्ड, उत्तर कोरिया, साउदी अरेबिया, श्रीलङ्का, बङ्गलादेश, जर्मनीलगायत देशका राजदूत पोखरा आउनुभएको हो । त्यसैगरी दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क० का महासचिवसहित अन्य कुटनीतिक नियोगका प्रमुखसमेत पोखरा आउनुभएको छ ।
राजदूतसहितका विशिष्ट कुटनीतिज्ञको पोखरा भ्रमणले थलिएको पर्यटन व्यवसायमाथि उठाउन सकारात्मक सन्देश दिने विश्वास लिइएको सचिव पौडेलले बताउनुभयो । विदेशी राजदूतसहित विशिष्ट कुटनीतिज्ञको पोखरा भ्रमणको कार्यक्रमले पर्यटन सम्बद्ध क्षेत्रका व्यवसायीमा उत्साह थपेको परिषद्का अध्यक्ष भट्टराईले बताउनुभयो ।
यो भ्रमणसँगै पोखरा पर्यटकका लागि खुला छ भन्ने सन्देश विश्वव्यापी जाने बताउँदै उहाँले स्वास्थ्यका मापदण्ड पालनाका साथ पोखरा पर्यटकका लागि सुरक्षित गन्तव्य हो भन्ने सन्देश प्रवाह गर्न खोजिएको धारणा राख्नुभयो ।
कुटनीतिज्ञले आज पोखरा र आसपासका विभिन्न सांस्कृतिक तथा प्राकृतिक सम्पदाको भ्रमणका साथै छोटो दूरीको हाइकिङमा सहभागी हुने कार्यक्रम छ । आजै पोखराको लेकसाइडमा राखिएको सडक महोत्सवमा पनि सहभागी हुने कार्यक्रम छ ।


प्रतिक्रिया