काठमाण्डौ । साढे ३३ किलो सुन तस्करी र भरिया सनम शाक्यको हत्या प्रकरणमा जिल्ला अदालत मोरङले मुख्य आरोपी चूडामणि उप्रेती ुगोरेु सहित ६ जनालाई जन्म कैदको फैसला सुनाएको छ ।
आज मङ्गलवार मुद्दाको अन्तिम सुनुवाइ गर्दै अदालतले कर्तव्य ज्यानतर्फ ६ जनालाई जन्म कैदको फैसला सुनाएको हो । यस्तै एक जनालाई तीन वर्ष र एक जनालाई ६ महिनाको सजाय तोक्दै बाँकी सबै प्रतिवादीलाई सफाइ दिइएको छ । यस प्रकरणमा मुछिएका सबै प्रहरीले पनि सफाइ पाएका छन् ।
यस प्रकरणमा प्रतिवादीमध्ये २१ जना अहिले पनि फरार छन् । फरारका नाममा इजलासले मुद्दालाई मुलतबीमा राखेको अदालतले जनाएको छ ।
यस प्रकरणमा मुख्य आरोपी गोरे सहित ७७ जनाविरुद्ध मोरङ प्रहरीले २०७५ वैशाख १९ गते अपराधिक समूह स्थापना गरी सञ्चालन गरेको, सुनको अवैध कारोबार गरेको, अपहरण, शरीर बन्धक र कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत मोरङमा अभियोग पत्र दर्ता गरेको थियो । अभियोग पत्रमा १७ अर्ब एक करोड ८० लाखभन्दा धेरै बिगो माग गरिएको थियो ।
प्रतिक्रिया