पाँचथर : उपचारका क्रममा बालिकाको ज्यान गएकोबारे छानबिन गर्न समिति गठन, आफन्तले शव बुझे


२२ आश्विन २०७८, शुक्रबार


पाँचथर । पाँचथर अस्पतालमा उपचारका क्रममा बालिकाको ज्यान गएकोबारे छानबिन गर्न समिति गठन भएको छ । क्रिष्टिना थाम्सुहाङको ज्यान गएकोबारे छानबिन गर्न पाँच सदस्य रहेको समिति गठन भएपछि आफन्तले शव जिम्मा लिएका छन् ।

समिति गठनपछि अन्त्येष्टिका लागि ४० हजार रुपैयाँ उपलब्ध गराउन स्थानीय प्रशासन सहमत भएपछि शव जिम्मा लिएको बालिकाका बुबा कमल थाम्सुहाङले बताउनुभयो ।

समितिलाई एक हप्ताभित्र प्रतिवेदन तयार पार्ने जिम्मा दिइएको प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतिवेदनअनुसार मृतक परिवारलाई क्षतिपूर्ति दिनेरनदिने निर्क्यौल हुनेछ ।

ज्वरो आएपछि दुई दिनअघि अस्पताल भर्ना भएकी फालेलुङ गाउँपालिका ८ कि क्रिष्टिना थाम्सुहाङको हिजो बुधवार ज्यान गएको थियो ।

सम्बन्धित समाचार