मोरङ । मोरङको छालगाछीबाट बिल नभएको ९४ तोला चाँदीसहित एक जना पक्राउ परेका छन् ।
रतुवामाई नगरपालिका ३ छालगाछीका ३० वर्षीय धर्बेन्द्र शर्मालाई हिजो मङ्गलवार बेलुकी पक्राउ परेका प्रहरीले जनाएको छ । प्रहरी चौकी महादेवाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा चाँदीको तार बनाइ ल्याएको अवस्थामा शर्मा पक्राउ परेका हुन् ।
बरामद चाँदीसहित उनलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय रानी विराटनगर पठाइएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
प्रतिक्रिया