राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित



काठमाडौं । राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। सोमबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक विशेष कारण देखाउँदै बैठक स्थगित गरिएको हो।

संघीय संसदको महासचिव डा। भरतराज गौतमले आज एक सूचना जारी गर्दै राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम ९३० बमोजिम अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरेको भएको व्यहोरा जानकारी गराएका छन्।

यसअघि पनि राष्ट्रियसभाको बैठक बिशेष कारण देखाउँदै दुई पटक स्थगित भएको थियो।

 

सम्बन्धित समाचार