बाघ गणनाका लागि राखिएको क्यामेरा चोरी



बाघ गणनाका लागि रौतहटको वनमा राखिएको क्यामेरा चोरी भएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोष र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले रौतहटको पौराई क्षेत्रमा जडान गरेको दुईवटा सिसिक्यामेरा चोरी भएको हो।

बाघ पानी खान आउने सम्भावित क्षेत्र बागमतीछेउमा लगाइएको दुईवटा क्यामेरा हराएको वन्यजन्तु प्राविधिक टीकाराम थारूले जानकारी दिए । जिल्लामा बाघको वासस्थान भएको सम्भावित स्थानहरूमा एक सय २२ थान सिसिक्यामेरा जडान गरिएको थियो। जिल्लाका अन्य स्थानमा पनि चोरी भए–नभएको आफूहरूले जाँच गर्ने क्रममा रहेको थारूले बताए।

सम्बन्धित समाचार