प्युठानमा बेहुली लिएर फर्किंदै गरेको जीप दुर्घटना, ६ जनाको मृत्यु



काठमाडौं । प्युठानको गौमुख गाउँपालिकास्थित ओखरपाटामा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

बेहुली लिएर फर्किंदै गरेको ग१ज ५०९२ नम्बरको जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको र ७ जना घाइते भएको डीएसपी सत्यनारायण थापाले जानकारी दिए । मृतक र घाइतेको सनाखत भइसकेको छैन ।

जीप नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ फर्किंदै गर्दा शनिबार बिहान ३ बजे दुर्घटना भएको डीएसपी थापाले बताए । सदरमुकामभन्दा टाढा भएकोले घटनाको सबै विवरण आइनसकेको उनको भनाइ छ ।

घाइतेहरूलाई जिल्ला अस्पताल लगिएको डीएसपी थापाले बताए । घाइतेमध्ये धेरैको अवस्था चिन्ताजनक रहेको जानकारी पाएको उनले बताए ।

सम्बन्धित समाचार