डोटी । बिहीवारदेखिको बाक्लो हिमपातका कारण अवरुद्ध भएको भीमदत्त राजमार्ग तथा पहलमानसिंह स्वाँर राजमार्ग सञ्चालनमा आएको छ ।
बिहीवार रातिदेखि परेको बाक्लो हिमपातका कारण सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग र सिलगढी साँफे जोड्ने पहलमानसिंह स्वाँर राजमार्ग अवरुद्ध भएको थियो ।
अहिले हिउँ पन्छाएपछि बन्द भएका राजमार्गहरु सञ्चालनमा आएका जिल्ला प्रहरी कार्यालयका सह–सूचना अधिकारी तथा प्रहरी निरीक्षक रवीन्द्र चन्दले जानकारी दिनुभयो ।
डोजर, नेपाली सेना तथा प्रहरीले हिउँ पन्छाए पछि राजमार्ग सञ्चालनमा आएको छ। राजमार्ग सञ्चालनमा आएपछि दुई दिनदेखि अलपत्र परेका यात्रु र गाडी आ–आफ्नो गन्तव्यतर्फ लागेका ट्राफिक प्रहरी पोस्ट बुडरले जनाएको छ ।
भीमदत्त राजमार्गको साहुँखर्क, हगुल्टे, गैरा, घण्टेश्वर तथा पहलमानसिंह स्वाँर राजमार्गको चौखुट्टेलगायतका ठाउँमा बाक्लो हिमपात भएको थियो ।
प्रतिक्रिया