पैदल यात्रीलाई ठक्कर दिएर भागेको आरोपमा बस चालक पक्राउ



काठमाडौं । बिहीबार बेलुका ६ बजेतिर काठमाडौंको बाँसबारीमा पैदलयात्रीलाई ठक्कर दिएर भागेको आरोपमा एक बस चालकलाई शुक्रबार धादिङबाट प्रहरीले पक्राउ गरेको छ ।

दुई जनालाई ठक्कर दिएर भागेको आरोपमा बा.प्र०१-१००५ ख ९३१४ नम्बरको बससहित चालक २९ वर्षीय प्रदीप थपलियालाई प्रहरीले शुक्रबार बिहान धादिङबेँसीबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रहरीका अनुसार काठमाडौं महानगरपालिका-१६ स्थित गंगालाल अस्पाताल नजिक कालिका गाउँपालिका- ५ का विकास तामाङ र काठमाडौं महानगरपालिका-१६ की दुर्गामाया थापाई ठक्कर दिएको थियो ।

उनलाई बससहित नियन्त्रणमा लिएर महानगरीय प्रहरी बृत बालाजुमा बुझाइएको र त्यहाँबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार