कञ्चनपुरमा ८ जना जुवाडे पक्राउ



धनगढी । कञ्चनपुुर प्रहरीले ८ जना जुवाडेलाई पक्राउ गरेको छ । आइतबार जिल्लाको भीमदत्त नगरपालिका ४ बसपार्कको एक होटलमा जुुवातास भइरहेको गोप्य सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा भीमदत्त नगरपालिका ४ बस्ने ३० वर्षीय महेशसिंह धामी, २३ वर्षीय खेमराज जोशी, २७ वर्षीय शिवासिह बस्नेत, २० वर्षीय भरत सिह, भीमदत्त नगरपालिका ८ बस्ने २६ वर्षीय चक्र चन्द, वडानम्बर १ बस्ने २८ वर्षीय केशव साउँद, २९ वर्षीय राजेश पन्तर होटल सञ्चालक ३२ वर्षीय वीरेन्द्र सिंह रहेका छन् ।

उनीहरूको साथबाट ७९ हजार पाँच सय रुपैयाँ र तासको गड्डीसमेत बरामद गरेर नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार