सर्लाहीको विष्णु गाउँपालिकामा स्यालले टोक्दा १५ जना घाइते



सर्लाही । सर्लाहीको विष्णु गाउँपालिका २ मा स्यालले टोक्दा १५ जना घाइते भएका छन् । आज मङ्गलवार बिहान घरमा बसिरहेका स्थानीयवासीलाई गाउँमा पसेको स्यालले टोकेको हो ।

गाउँमा पसेको स्यालले मान्छेसहित पशुलाई पनि टोकेको स्थानीयवासीले बताएका छन् । स्यालको टोकाइबाट घाइते भएकामध्ये ६ जनाको प्रादेशिक अस्पताल मलङ्गवामा उपचार भइरहेको छ भने बाँकी ९ जनालाई थप उपचारका लागि सरुवा रोग अस्पताल टेकु पठाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिनुभयो ।

स्यालले टोकेका सबैलाई रेबिजविरुद्ध खोप लगाएको छ । स्याललाई गाउँलेहरूले मारेका छन् । यसअघि हरिपुर नगरपालिका ८ मा स्यालको टोकाइबाट पाँच जना घाइते भएका थिए ।

सम्बन्धित समाचार