प्रदेश १ : नयाँ सरकार गठनको बाटो खुला



१ नम्बर प्रदेशमा नयाँ सरकार गठनको बाटो खुलेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले प्रदेश १ प्रमुख पर्शुराम खापुङलाई प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम बुझाएपछि नयाँ सरकार गठनको बाटो खुलेको हो ।

९३ प्रदेशसभा सदस्य रहेको प्रदेश बहुमतका लागि ४७ मत आवश्यक पर्छ । तर कुनै पनि दलको एकल बहुमत छैन । प्रदेश १ मा नेकपा एमालेसँग ४० सिट छ । एमाले बहुमत भन्दा ७ सिटले पछाडि छ । नेपाली कांग्रेसले २९, माओवादी केन्द्रले १३, राप्रपाले ६ नेकपा एकिकृत समाजवादी पार्टीले ४ र जसपाले १ सिट जितेको छ ।

आयोगबाट निर्वाचन परिणाम औपचारिक रूपमा प्राप्त भएपछि नयाँ सरकार गठन प्रक्रिया सुरु गर्न बाटो खुलेकोप्रदेश प्रमुख खापुङले बताए । उनले संवैधानिक व्यवस्था अनुसार छिट्टै प्रक्रिया अघि बढाउने बताए ।

कुनै एउटा दललाई बहुमत प्राप्त नभएकाले संविधानको धारा १६८ को उपधारा ९२ं० अनुसार दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ ।

संविधानको धारा १६८ को उपधारा ९३० मा प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र उपधारा ९२० बमोजिम मुख्यमन्त्री नियुक्ति प्रक्रिया पूरा गरिसक्नु पर्ने व्यवस्था छ । संविधानको धारा १८३ अनुसार प्रदेश प्रमुखले निर्वाचनको अन्तिम परिणाम घोषणा भएको २० दिन प्रदेशसभाको अधिवेशन आह्वान गर्नुपर्ने व्यवस्था छ ।

सम्बन्धित समाचार